काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन्।
कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजेमाट सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा छन्। यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। लखनउ डेब्यु सिजनमै प्ले अफ पुगेको हो।