‘दृश्यम २’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ - सन् २०१५ मा रिलिज भएको हिट बलिउड फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलाको फस्टलुक पोस्टर सार्वजनिक भएको छ। रहस्यले भरिएको फिल्मको सिक्वेललाई लिएर दर्शकमा व्यग्र प्रतीक्षा छ।

फिल्मका प्रमुख अभिनेता अजय देवगणले बुधबार सामाजिक सञ्जालमार्फत ‘दृश्यम २’को पोस्टर सार्वजनिक गर्दै यसको टिजर रिलिजको समय समेत सार्वजनिक गरेका छन्। फिल्मको टिजर २९ सेप्टेम्बरमा रिलिज हुनेछ।

पोस्टरमा अजयलाई हातमा बेल्चा लिएर बाबाको महासत्संग द्वारमा परिवारका साथ उभिरहेको देख्न सकिन्छ। फिल्ममा अजयकी सानी छोरी बनेकी मृणाल जाधवले हातमा सीडी चक्का लिएकी छिन् भने अजयकी अनस्क्रिन पत्नी श्रीया सरनको हातमा ब्याग छ।

फिल्ममा तब्बु प्रहरी अधिकृतको भूमिकामा रहनेछिन्। रहस्यले भरिएको दृश्यमको पोस्टरका साथमा अजयले ‘विजय सालगांवकरको केस फेरि खुल्नेवाला छ’ भनेर उल्लेख गरेका छन्।

‘दृश्यम २’ १८ नोभेम्बरमा सिनेमा हलमा रिलिज गर्ने तयारी छ। फिल्मका निर्देशक अभिषेक पाठक हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×