काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ।
गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताए। गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो। जसमध्ये गाउँपालिकाबाट रु. एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ भने वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ।
वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ।