आयात र निर्यातबीचको अन्तर अत्यधिक

काठमाडौँ - सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ।

यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ। हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ। आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ।

चालू आर्थिक वर्ष २०७९/८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ३ खर्ब रुपैयाँको आयात हुँदा जम्मा २८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ। 
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×