काठमाडौँ l नेपाली सेनाले ३० औ पृथ्वी जयन्तीको अवसरमा 'कविता प्रतियोगिता–२०७८' आयोजना गर्ने जनाएको छ l प्रतियोगितामा गैर सैनिक व्यक्तिहरूले पनि भाग लिन पाउनेछन् l प्रतियोगितामा भाग लिन चाहने जो-सुकैले पुस १७ गतेसम्म सेनाको इमेल ठेगाना कविता kabita@nepalarmy.mil.np मा कविता पठाई भाग लिन सक्नेछन् l
प्रतियोगितामा उत्कृष्ट १० जनालाई जनही २० हजार दिइनेछ भने छनोट भएका २० जनालाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ l प्रतियोगितासम्बन्धि थप जानकारीका लागि सेनाको वेबसाइट हेर्न सकिनेछ l
