प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका मैत्रिपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षासमेत गरेका थिए।

यसअघि आजै सहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए। बिहिबार साँझ नेपाल भ्रमणमा आएका सहायक विदेश मन्त्री लुले यस अघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका छन्। यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×