अमेरिकामा सुरसुधाको 'हिलिङ थ्रु म्युजिक कन्सर्ट' हुने

काठमाडौँ - अमेरिकामा सुरसुधाको हिलिङ थ्रु म्युजिक कन्सर्ट हुने भएको छ। डेनभर शहरमा नेपालको सुरसुधा समूहको ‘हिलिंग थ्रु म्युजिक’ कन्सर्ट आयोजना हुने लागेको हो।

भोलि ५ देखि २६ नोभेम्बरसम्म अमेरिकाको विभिन्न ७ राज्यमा सांगितिक कार्यक्रम हुने ब्याण्डका म्यानेजर विनिशा श्रेष्ठले जानकारी दिएकी छिन्। उनका अनुसार क्लोराडो, न्युयोर्क, न्यु जर्सी, भर्जिनिया, नर्थ क्यारोलिना,ओरेगन र क्यालिफोर्नियामा समूहले विभिन्न समयमा आफ्नो प्रस्तुति दिनेछन्।

क्लोराडो फाइन आर्ट्सएसोसिएसनले आयोजना गरेको कार्यक्रम डेनभरमा ब्रुमफिल्ड अडिटोरियममा हुने भएको छ। सुरसुधा समूहमा तबला वादक सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमन महर्जन, गितारमा विकास सुनार, र गायनमा सरस्वती खत्री रहेकी छिन्। सुरसुधा समूहले फरक किसिमले प्रस्तुति दिने पनि श्रेष्‍ठले उल्लेख गरिन्।

सुरसुधाको अलग पहिचान कायम हुनेमा पनि आफू विश्वस्त रहेको उनको भनाइ छ। सुरसुधा नेपालको पुरानो क्लासिकल म्यूज़िक ग्रुप हो। टाईम्स म्युजिकको सहकार्यमा सुरसुधाको ‘महामृत्युजन्य मन्त्र’ सर्वाधिक चर्चित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×