गायक निशान भट्टराईको ‘म त तिम्रै हुँ’को भिडियो सार्वजनिक

काठमाडौँ - गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ। बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो।

गायक तथा संगितकार बिकास पाण्डेको शब्द र संगीत रहेको गितको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ। बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन्। सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो।

गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एनएस आर्याले गरेका हुन् । गीतका संगितकार पाण्डेले करिब डेढ महिनादेखिको  मेहनतले सफलता प्राप्त गरेको बताएका छन्। म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×