क्लोप र ग्वार्डियोलाको दबदबा तोड्न युनाइटेड आएको हुँ: एरिक

काठमाडौँ - म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन हागले म्यानचेस्टर सिटी र लिभरपुलको प्रिमियर लिगको दबदबालाई तोड्ने बताएका छन्। इंग्ल्याण्ड पुगेपछि पहिलो पटक आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले पेप ग्वार्डियोला र योर्गेन क्लोपको पावरलाई तोड्ने लक्ष्यका साथ प्रिमियर लिगमा आएको बताएका हुन्। 

उनले युनाइटेडलाई बलियो बनाउन धेरै योजना रहेको तर आफुसँग त्यसका लागि समय निकै कम भएको बताएका छन्। उनले लिभरपुल र सिटीको प्रशंसा गर्दै आफु प्रिमियर लिगमा आएपछि उनीहरुले सजक हुनुपर्ने बताए। लामो इतिहास बोकेको क्लबको प्रशिक्षक हुन पाउँदा निकै खुसी भएको भन्दै उनले टिमलाई उत्कृष्ट बनाउन आफ्नो शतप्रशित दिने बताएका छन्। 

उनले यो सिजनमा जस्तो भएपनि अर्को सिजनमा फरक टिम हुने र हालका कप्तान हेरी मगुइराका बिषयमा पनि उनि राम्रो खेलाडी भएको र अर्को सिजनमा उनी नै कप्तान रहने बताए। 

उनले युनाइटेडको प्रशिक्षकमा आउन अगाडी पूर्व प्रशिक्षक लुइस भान गालसँग कुरा गरेको र त्यसपछि मात्र युनाइटेडको प्रस्तावलाई स्विकारेको बताएका छन्। 

यस्तै उनले क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रशिक्षणमा पनि गोलको क्रमलाई अझ बढाउने विश्वास रहेको बताए। युनाइटेडले एरिकलाई तीन बर्षका लागि अनुबन्ध गरेको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×