काठमाडौँ - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करण समापन गरिएको छ।
सोमबार काठमाडौंमा उत्कृष्ट फिल्महरूलाई पुरस्कार प्रदान गर्दै पाँच दिन चलेको महोत्सवको समापन गरिएको हो। महोत्सवमा देश-विदेशका लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र गरी सात विधामा १४ अवार्ड दिइयो।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक थिए। महोत्सवमा केही चलचित्र भर्चुअल र केही भौतिक रूपमा प्रदर्शन गरिएको थियो।