किरातीको कडा प्रश्न– ‘नेताहरूको शैली यस्तो भए ज्ञानेन्द्र शाह र हाम्रा नेता बीच फरक कसरी देखिन्छ?’

काठमाडौं, मंसिर १२ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोपाल किरातीले पार्टी नेताहरूको व्यवहार, मञ्चव्यवस्था र कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। उनले राजनीतिक कार्यक्रमको मञ्चमा देखिने अत्यधिक भीड, सुरक्षा तामझाम र नेताको आसन व्यवस्थालाई ‘अविवेकपूर्ण र समाजवादी संस्कारविपरीत’ भन्दै प्रश्न उठाएका छन्।

एकता सभामा उपस्थित भएर अनुभव सुनाउँदै किरातीले सामाजिक सञ्जालमा लेखे–
“मञ्च यति भरिएको थियो कि कार्यक्रमका नायकहरू झनै किनारामा धकेलिएको देखिन्थ्यो। शीर्ष नेताहरू शोफामा खाँदिँदै बस्नुपर्‍यो, कार्यकर्ताले त नेताको ‘खुट्टी’ मात्र देखियो भन्न थाले।”

उनका अनुसार पाँच समूहको एकता सभामा अग्रपंक्तिमा बस्नुपर्ने प्रमुख नेताहरू, जेड पुस्ताकी मुस्कान खातुनसमेत पछाडि परे। जसले गर्दा सभा ‘एकता कार्यक्रम’ हो कि कुनै समूहको ‘प्रहसन’ भन्ने अन्योल कार्यकर्तामा पैदा भएको आरोप उनले लगाए।

नेता किरातीले कार्यक्रम व्यवस्थापनको शैलीप्रति कटाक्ष गर्दै भने–
“नेताहरूलाई ल्याउँदा हुने हुलमुल र भीडबाड गढीमाई मेलामा राँगा तानेझैँ देखिन्छ। सभ्य, शान्त सुरक्षा शैली किन अपनाउन सकिँदैन? यदि नेताहरूको शैली पनि यस्तै हो भने ज्ञानेन्द्र शाह र हाम्रा कमरेड नेताहरूमा फरक कसरी छुट्याउने?”

उनले समाजवादी राजनीतिक संस्कार नै ‘दम्भ र अहंकारमा’ सीमित भएको आरोप लगाउँदै, अबदेखि सम्बन्धित व्यक्तिहरूबाहेक कोही पनि मञ्चमा नबस्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरे।

किरातीका अनुसार कार्यक्रमका नायकहरूलाई किनारामा राखेर पूर्वप्रधानमन्त्रीहरू र अन्य नेताहरूलाई अगाडि कोचिनु समाजवादी मूल्यविपरीतको व्यवहार हो, जसको उत्तर पार्टी नेतृत्वले दिनैपर्ने उनले उल्लेख गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×