कांग्रेस महाधिवेशन : मतान्तर बढाउँदै गगन र विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले महामन्त्रीको मत गणना भइ रहेको छ । उक्त मतगणनामा गगन थापा र विश्वप्रकाश शर्मा भारी मतान्तरका साथ अग्रस्थानमा छन् ।

निर्वाचन समितिका अनुसार कुल २ हजार ५२० मतको गणना गर्दा थापाले १६४८ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्मा ले १०१९ मत प्राप्त गरेका छन् । महामन्त्रीकालागि भिंड्ने अर्का नेता डा. प्रकाशशरण महत ८२७ मत सहित तेस्रो स्थानमा छन् भने ७४६ मतका साथ प्रदिप पौडेल चौथो स्थानमा छन् । त्यसै गरी पाँचौ र छैठौँ स्थानमा ४३६ मत र ६४ मतका साथ क्रमशः डा. मिनेन्द्र रिजाल र राजाराम कार्की रहेका छन् ।

मतगणनाको अन्त्य हुँदासम्म अत्यधिक मत ल्याउने दुई प्रतिस्पर्धीहरु महामन्त्रीमा निर्वाचित हुनेछन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×