मन्त्री सिंहद्वारा योजनाको अनुगमन

काठमाडौँ - कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले दर्जनाँै योजनाको अनुगमन तथा निरीक्षण गरेका छन्।

उनले जिल्लाको उत्तरपूर्वी क्षेत्रको कुशे गाउँपालिका र भेरी नगरपालिकाभित्रका दर्जन योजनाको निरीक्षण गरेका हुन्। योजनाहरूको सदुपयोग तथा कामको परिणामको विषयमा समेत अन्तरक्रिया गरिएको मन्त्री सिंहले जानकारी दिए। प्रदेश सरकारबाट जिल्लामा गएका योजनाको काम छिटोछरितो गरी परिणाममुखी बनाउनसमेत मन्त्री सिंहले निर्देशन दिएका छन्। अनुगमनमा रहेका मन्त्री सिंहलाई स्थानीयवासीले आफ्ना समस्याबारेमा अवगत गराएका थिए। खानेपानी, सिँचाइ, तार जाली र विद्युतीकरणमा आएका समस्या बारेमा समेत गुनासा सुनाएको भेरी–५ का रनजक नेपालीले बताए। उनले भने, “मन्त्री सिंहसँग हामीले खुलेर कुरा राखेका छौँ, केही मागसमेत राखेको अवस्था छ, आशा छ ती गुनासाको सम्बोधन होला।” 

त्यस्तै, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले समेत जिल्लामा भएका विकास निर्माणका योजनाको निरीक्षण गरेका छन्। भएको कामको मापदण्ड, अवस्था हेरेर नयाँ बजेट समावेश गर्न सकिने ठाउँको स्थलगत अनुगमनसमेत गरिएको पूर्वमन्त्री बस्नेतले बताए। पाँचकाटिया ब्याउली ढुङ्गा सडकको बजेट विनियोजनसँगै भएको कामको स्थलगत अनुगमनसमेत गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×