काठमाडौँ। आज शुक्रबारबाट नेपालका सिनेमाघरहरुमा दुई चलचित्र प्रदर्शन हुँदैछन्। हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ आजबाट प्रदर्शनमा आउन लागेका हुन्। क्यूएफएक्सले ‘स्पाइडर म्यान'लाई देशभरि ५७ सोज दिएको छ भने ‘पुष्पा’लाई ३४ शो उपलब्ध गराएको छ। ‘स्पाइडर म्यान'मा टिम हल्यान्ड, बेनेडिक्ट कम्बरब्याच,जेन्डिया, जेकब ब्यटलोन आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रले राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ। त्यसैगरि ‘पुष्पा’मा अल्लु अर्जुन र रश्मिका मुख्य भूमिकामा रहेका छन्।