२१ वर्षीय फुटबल खेलाडीका लागि उपचारार्थ सहयोग अपिल

काठमाडौँ - बागलुङको बागलुङ–१ का २१ वर्षीय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएको छ। 

बागलुङ बजारमा फुटबल खेल्ने क्रममा घाइते भएका उनीको घुट्टामा गम्भीर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। दुई चरणको शल्यक्रिया सम्पन्न भइसकेको उनको तेस्रो चरणको शल्यक्रिया गर्न अर्थ अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ। निशानकी आमा पूर्णाले छोराको उपचारमा अहिलेसम्म आफन्तको सहयोगमा गरे पनि तेस्रो चरणको शल्यक्रियाको लागि आर्थिक अभाव भएको गुनासो गरेका छन्। उनले देश विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोगको अपिल गरेका छन्।

“पारिवारिक समस्याका कारण सुरुमा उपचारको कुनै चाँजोपाँचो भएन, बाबुले समेत भनेन्, पछि खुट्टामा घाउ भएपछि सङ्क्रमण फैलियो”, पूर्णाले  भनिन्, “धेरै समस्या आएपछि बागलुङको धौलागिरि अस्पतालमा उपचार गरियो, त्यसपछि अस्पतालले पोखरा पठायो एक महिना भयो चोट लागेको अहिलेसम्म दुई शल्यक्रिया भएको छ।” निशानको गत फागुन १३ गते खुट्टामा चोट लागेको थियो। परिवारले समेत उपचारमा सहयोग गरेपछि निशानकी आमा पूर्णाले केही स्थानीयको सहयोगमा ‘निशान बोहोरा सहयोग अभियान’ सञ्चालन गरिएको र हालसम्म रु. ६० हजार सहयोग सङ्कलन भइसकेको छ।

निशानको उपचारमा अझै रु. तीन लाख खर्च लाग्ने परिवारको भनाइ छ। अहिले निशानकी आमा पोखरामा उपचाररत छोरा छोडेर सहयोग सङ्कलन अभियानमा जुटेका छन्। उनले छोराका उपचारका लागि सहयोगको अपिल गरेकी छन्।निशानको उपचारमा सहयोग गर्नका लागि  मोबाइल नं (९८०६१६४४१६)मा सम्पर्क गर्न सकिनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×