लिभरपुलसँग सलाहले गरे तीन वर्षको सम्झौता नविकरण 

काठमाडौँ - मोहमद सलाहले लिभरपुलसँग तीन वर्षको सम्झौता नविकरण गरेका छन्। बीबीसीका अनुसार सम्झौता अनुसार सलाहले हप्तामा ३ लाख ५० हजार पाउण्ड कमाउनेछन्। योसँगै ३० वर्षीय खेलाडी क्लबको सबैभन्दा बढी कमाउने खेलाडी पनि बनेका छन्।

इजिप्टका फरवार्डको क्लबसँग मात्र एक वर्षको सम्झौता बाँकी थियो। उनी क्लबमा रहने नरहने भन्नेमा द्विविधा रहेको थियो। यो निर्णय उनी र क्लब दुवैका लागि उत्कृष्ट हो। मलाई लाग्छ उनी अब हाम्रो हुन्। यो क्लब उनको हो, लिभरपुलका म्यानेजर योर्गन क्लपले भने।

रोमाबाट लिभरपुल भित्रिए यता ५ वर्षमा सलाहले क्लबका लाग २५४ खेलमा १५६ गोल गरिसकेका छन्। यस क्रममा उनले च्याम्पियन्स लिग, प्रियिमर लिग, एफए कप, लिगकप, फिफा विश्वकप र युईएफए सुपर कप जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×