काठमाडौँ - अर्को वर्ष हुने एसिया कप फुटबल कतारमा हुने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले यसको सोमबार औपचारिक रूपमा घोषणा गरेको छ।
यस वर्षको सुरुमा हुने पर्ने एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोरोना भाइरस संक्रमणको महामारीका कारण चीनले आयोजना गर्न सकेको थिएन्। यसै क्रममा चीनले प्रतियोगिता आफूले आयोजना गर्न नसक्ने जनाएपछि नयाँ आयोजकको आवश्यक परेको हो।
मलेसियामा मुख्यालय भएको एएफसीले भनेको छ, ‘एसियाली फुटबल महासंघबो कार्यकारी बैठकले सन् २०२३ को एसिया कप कतारमा गर्ने निर्णय गरेको छ। कतारमा १ महिनापछि विश्वकप हुँदैछ र कतारले नै अब एसियाकप पनि आयोजना गर्न लागेको हो।