‘स्मार्ट’ बत्तीले झलमल्ल सडक

काठमाडौँ - काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल भएको छ। नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा सो खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप/आइल्यान्डमा यस्तो बत्ती जडान गरेको हो।   

सडकको बीचमा रहेका आइल्यान्डमा राखिएका पोलमा १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरिएको छ। यसले गर्दा कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ। कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा यस्ता बत्ती जडान गरिएपछि रातिको समयमा सो सडकखण्ड चित्ताकर्षक बनेको छ। यसबाट सडकको रात्रिकालीन सौन्दर्य देख्न सकिनेछ। घटस्थापनाको दिन पारेर प्राधिकरणले सोमबार रातिदेखि यी बत्ती बाल्न थालेको हो। 
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×