सनी लियोनीसँग हिमेश रेशमियाको रोमान्स

हिमेश रेशमियासँग अभिनेत्री सन्नी लियोनीले रोमान्स गर्ने भएकी छन् ।

प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सनी लियोनी महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् ।

सन्नीको प्रभुदेवासँगको दोस्रो प्रोजेक्ट हो । अभिनेत्रीले यसअघि फिल्म ‘पेट्टा र्‍याप’को गीतमा प्रभुसँग काम गरिसकेकी छिन् । सन्नी लियोनी र हिमेश रेशमियाले सँगै काम गर्न थालेको यो पहिलो पटक हो ।

लियोनी आवद्ध यो नयाँ फिल्मको सुटिङ विदेशमा हुनेछ । यसका लागि अभिनेत्री मस्कट पुगिसकेको बताइएको छ । । नयाँ फिल्मको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

हाल अभिनेत्री चर्चित डेटिङ शो ‘स्प्लिट्सभिला’को १५औँ सिजन होस्ट गरिरहेकी छिन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×