स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा ‘निरमाया ठूली’ सार्वजनिक

काठमाडौँ - प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय रहेको म्युजिक भिडियो ‘निरमाया ठूली’ सार्वजनिक भएको छ। यसअघि हिटगीत ‘डाँडाघरे साइली’ ल्याएको टिमले नै यो गीत सार्वजनिक गरेको हो।

भिडियोमा सपुत, शिल्पा र करिश्माको नृत्यको अलवा त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ। स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको छ।

भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन रहेको गीत तथा भिडियोले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मनछुने गायक गायिकाले अपेक्षा गरेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×