ज्याकलिनलाई सर्तसहित विदेश भ्रमणको अनुमति

काठमाडौँ - बलिउड अभिनेत्री ज्याकलिन फर्नानडिजलाई केही सर्तसहित आबुधबी दुबई जाने अनुमति दिइएको छ। 

मनी लाउन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी)को अनुसन्धानमा रहेका उनलाई दिल्ली अदालतले आबु धाबीमा हुँदै गरेको आईफा अवार्डमा सहभागी हुन विदेश जाने अनुमति दिएको हो। अभिनेत्री ज्याकलिनले आईफालगायत नेपाल र अर्को एउटा देशमा जान पाउँ भनी दिएको निवेदनमाथि सुनुवाई गर्दै शनिबार दिल्ली अदालतले उक्त अनुमति सुनाएको हो। 

शनिबार अतिरिक्त सत्र न्यायाधीश प्रवीण सिंहले उनको निवेदनलाई अनुमति दिँदै भने, “तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै, आवेदनलाई अनुमति दिइएको छ। आवेदकलाई २०२२ मे ३१ देखि २०२२ जुन ६ सम्म आबुधबी, यूएई यात्रा गर्न अनुमति दिइएको छ। दिइएको अवधिमा, यस मामलामा जारी गरिएको आवेदक विरुद्धको एलओसी निलम्बित हुनेछ।”

अर्थात अभिनेत्री ज्याकलिनले ७ दिनका लागि मात्र लागु हुनेगरि स्वदेश छोडेर जाने अनुमति पाएकी हुन्। 

विदेश जान ज्याकलिनले अदालतले केही सर्त पनि राखेको छ। जसअनुसार उनले ५० लाख भारु जमानत बुझाउनुपर्नेछ भने यात्रा कार्यक्रम, बस्ने ठाउँको सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ। साथै, भारत फर्केपछि एजेन्सीलाई जानकारी दिनुपर्नेछ।

सुकेश चन्द्रशेखरसँगको २०० करोड भारुको गैरकानुनी मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकाले नवप्रवर्तन निर्देशनालयले ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरेको छ। जसअनुसार ज्याकलिनलार्ई विदेश भ्रमणका लागि अनुमति दिइएको थिएन। 

श्रीलंकाली नागरिक ज्याकलिन भारतमा सन् २००९ देखि बस्दै आएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×