कैलाली - नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाहसर्वसम्मती रूपमा चयन भएका छन्। बुधबार प्रदेश संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा रहेका छन्। यसअघि सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। ५ सदस्यीय निर्वाचन समितिले आजै निर्वाचन गर्ने तयारी गरेको थियो। तर अन्तमा कांग्रेस सुदूरपश्चिम प्रदेशले सर्वसम्मति दलको नेता चयन गरेको हो।