वरिष्ठ मनाेचिकित्सक कुँवरकाे ‘डिप्रेसन A टु Z’ लोकार्पण

काठमाडौँ - वरिष्ठ मनोचिकित्क देशराज बहादुर कुँवरले लेखेको पुस्तक ‘डिप्रेसन A टु Z’ लोकार्पण गरिएको छ। शुक्रबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पुस्तक विमोचन गरेका हुन्।

सिम्का ल्याबोरेटोरिज प्रालिबाट प्रकाशित ‘डिप्रेसन A टु Z’ मा ८५ वर्षे लेखक डा. कुँवरले मानसिक समस्या र निदानका उपायबारे सविस्तार चर्चा गरेका छन्। पुस्तक लोकार्पणपछि मन्त्री कुँवरले डिप्रेसनका कारण नेपाली जनजीवन नराम्ररी प्रभावित भएको बताएका छन्। जानकारीमूलक पुस्तकले डिप्रेसन वा मानसिक समस्यासँग जुधिरहेकाहरूलाई समस्याबाट निस्कन मद्दत गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

लेखक कुँवरले डिप्रेसनबारे नेपाली भाषामा लेखिएका पुस्तकको अभाव महसुस गरी मनोचिकित्सकका रूपमा आफ्नो ५० वर्षे अनुभवलाई आधार बनाएर डिप्रेसन A टु Z लेखेको बताएका छन्।

पुस्तकका लेखक कुँवर हाल काठमाडौंको मेट्रो हस्पिटलमा वरिष्ठ मनोचिकित्सकका रूपमा कार्यरत छन्। उनी सैनिक अस्पतालको न्युरोसाइकियाट्री विभागका पूर्वप्रमुख पनि हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×