'लाल सिंह चड्ढा' १४ अप्रिल २०२२मा रिलीज हुने

भारत। बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र 'लाल सिंह चड्ढा' १४ अप्रिल २०२२मा रिलीज हुने भएको छ। यो कुराको जानकारी निर्माण पक्षले स्वयम् आफ्नो आधिकारिक खाताबाट दिएको हो। चलचित्रमा आमिरका अलावा करीना कपूर र नागा चैतन्यलाई पनि देख्न सकिनेछ। चलचित्रमा अद्वित चंदनको निर्देशन छ र प्रितमको संगीत छ। 'लाल सिंह चड्ढा' हलिउड चलचित्र 'फोरेस्ट गंप'को रिमेक हो।१४ अप्रिलमा दक्षिण भारतीय सुपरस्टार यशको चलचित्र 'केजीएफ'को दोस्रो भाग पनि रिलीज हुँदैछ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×