मानव अधिकार चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ। नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को नवौं संस्करणमा बिहीबार सम्पन्न भएको छ। कार्यक्रम चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो। महोत्सवमा राजेश खत्रीको ‘जुलुङ्गो’ले फिक्सनतर्फको अवार्ड जितेको हो। उक्त चलचित्रले केही समय अघि  युनिसेफले आयोजना गरेको महोत्सवमा पनि पुरस्कार पाएको थियो।  मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन भएका थिए। जसमा तीन विधाका तीन चलचित्रले पुरस्कार प्राप्त गरेका छन्। जसमा मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललिता’ले पाँच सय अमेरिकी डलर प्राप्त गरे। किपालय प्रडक्सनले प्लान नेपालसँग मिलेर ‘नो स्कुल टुडे’ र ‘ललिता’ तयार गरेका हुन्। महोत्सवमा 'जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र ‘ललिता’लाई महिला फिल्मेकरतर्फको उत्कृष्ट चलचित्र घोषित गरियो। आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक रहेको महोत्सव सोमबारदेखि सुरु भएको थियो। लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिएको महोत्सवमा सोमबार बिहान ७ बजेदेखि नै छनौट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×