काठमाडौँ। बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ। सलमानलाई गएराती सर्पले टोकेको बताइएको छ। सलमान पनवेलको फार्म हाउसमा भएका बेला उनलाई सर्पले टोकेको बताइएको छ।
सलमानको स्वास्थ्य अहिले ठिक भएको बताइएको छ। उनलाई अबेर राती उपचारको लागि अस्पताल लगिएको थियो।
सलमानलाई गएराती ३ बजे मुम्बइको कमोठे क्षेत्रमा रहेको एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ। जानकारी अनुसार सलमान गएराती आफ्नो परिवारसहित पनवेलको फार्म हाउसमा थिए। उनीहरु त्यहाँ क्रिसमस मनाउन गएको बताइएको छ। पनवेलको जुन क्षेत्रमा सलमानको फार्म हाउस छ त्यो क्षेत्र पहाड र वन क्षेत्रले घेरिएको छ जहाँ सर्प र अजिंगर आइरहन्छन्।