काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को अर्को एक गीत सार्वजनिक गरिएको छ। ‘चुपचाप जिन्दगी' बोलको उक्त गीतमा सुरेश लामा र अस्मिता अधिकारीको आवाज रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको हो।
शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, सुदर्शन थापाको कथा रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिभ.सी, राजा राजेन्द्र पोखरेल आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्र फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ।
भिडियो: