ललितपुर - ललितपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि डा. दीपेश केसीले उम्मेदवारी दर्ता गरेका छन्। उनले निर्वाचन आयोगको क्षेत्रीय कार्यालय सातदोबाटो पुगी उम्मेदवारी दर्ता गरेका हुन्।
केसीको प्रस्तावकमा नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी र सदस्य सुमन पौडेल रहेका छन्। दुई दशक पत्रकारिता गरिसकेका केसीसँग सामाजिक समस्याबारे अनुसन्धान, अध्यापनलगायतको अनुभव छ। उनका ८ पुस्तक प्रकाशित भइसकेका छन्।