काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाबाट एक जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ।