एमालेको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दै, पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । सोमबार बोलाइएको बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको स्थायी कमिटी बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यस्तै बैठकले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा पनि छलफल हुने उनले बताए।

निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

चितवनमा यही मंसिर १० गतेदेखि १२ गतेसम्म आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×