खालिदा जियाको निधनमा शेख हसिनाद्वारा समवेदना, लोकतन्त्रमा योगदान सदैव स्मरणीय रहने भनाइ

बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसिनाले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)की अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधनमा गहिरो समवेदना व्यक्त गरेकी छिन्।

शेख हसिनाले खालिदा जियाको निधनलाई बंगलादेशी राजनीति र लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति भएको बताउँदै देशको राजनीतिक इतिहासमा उनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन्।

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा र देशमा लोकतन्त्रको संघर्षमा उनको योगदान अत्यन्त महत्वपूर्ण थियो। उनका योगदानहरू सदैव स्मरण गरिनेछन्,’ शेख हसिनाको भनाइ उद्धृत गरिएको छ।

उनले खालिदा जियाको निधनले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)को नेतृत्वमा ठूलो रिक्तता सिर्जना भएको बताउँदै, उनका छोरा तारिक रहमान तथा सम्पूर्ण परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छिन्।

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको मंगलबार ८० वर्षको उमेरमा निधन भएको हो। उनको निधनसँगै बंगलादेशी राजनीतिमा लामो समयदेखि चल्दै आएको दुई प्रमुख राजनीतिक धारबीचको एक युगको अन्त्य भएको विश्लेषकहरूको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×