क्यानद्वारा क्याप्टेन विजय लामामाथि कडा कारबाही, उडान जिम्मेवारी अनिश्चितकालका लागि रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि अनुशासनात्मक कारबाही गर्दै उनलाई अनिश्चितकालका लागि उडानबाट रोक्ने निर्णय गरेको छ।

उडान सञ्चालनका नियम तथा मापदण्ड उल्लङ्घन गरेको भन्दै क्यानले उनलाई रोस्टर अफमा राख्न निर्देशन दिएको हो। क्यानका अनुसार लामाले जहाज उडानको क्रममा ककपिटभित्रै भिडियो तथा फोटो खिचेर भ्लग बनाउनुले सुरक्षा मापदण्ड विपरित गतिविधि गरेकाले कारबाही गर्नुपरेको हो।

यस सम्बन्धमा क्यानले नेपाल वायुसेवा निगमको अपरेसन्स विभागलाई पत्र लेखेर अर्को सूचना नआउञ्जेलसम्म क्याप्टेन लामालाई जहाज उडाउन नदिन आदेश दिएको छ।

क्याप्टेन लामामाथिको कारबाहीपछि विभिन्न तर्फबाट मिश्रित प्रतिक्रिया आएका छन्। कसैले यो निर्णयलाई आवश्यक कदम भनेका छन् भने कतिपयले कठोर भएको टिप्पणी गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×