काठमाडौँ - पोल्याण्डका भेट्रानहरु गोलकिपरले आफ्नो करियरको लामो समय आर्सनल र युभेन्टसमा बिताएका छन्। यसक्रममा उनले इटालियन सिरिए एको उपाधि ३ पटक तथा इंग्ल्यिस र इटालियन कप उपाधि जितेका छन्।
इटालियन लिगमा २ सयभन्दा बढी खेल खेलिसकेका स्टेस्नेले त्यसअघि प्रिमियर लिगमा पनि १५० खेल खेल खेलेका थिए। त्यस्तै, यूईएफए च्याम्पियन्स लिगमा पनि उनले ७० खेल खेलिसकेका छन्।
सन् २००९ मा पोल्याण्डका लागि डेब्यू गरेका उनले ६९ खेल खेलिसकेका छन्। जारी विश्वकपमा पोल्याण्डलाई नकआउट चरणमा पुर्याउन उनले मुख्य भूमिका खेलेका छन्। हालसम्म उनले २ गोलमात्र खाएका छन् भने अर्जेन्टिना विरुद्धको खेलमा लियोनेल मेस्सीको पेनाल्टीसमेत रोकेका थिए।
अन्तिम १६ मा फ्रान्सको सशक्त फरवार्ड लाइनलाई रोक्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ।