लामो बन्दै डिबालाको पर्खाइ

काठमाडौँ - अर्जेन्टिनाका स्ट्राइकर पाउलो डिबालाले मङ्गलबार आफ्नो इन्स्ट्राग्राममा लियोनेल मेसीसहितको तस्बिर राखेर आफ्नो हाँसो कायम राख्दै अगाडि बढौँ भन्ने पोस्ट गरेका छन्।

अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेको छ तर इटालियन सिरी ‘ए’मा यस सत्रमा शानदार फर्ममा रहेका डिबालाका लागि व्यक्तिगत रूपमा यो विश्वकपले खुसी दिन सकेको छैन। अर्जेन्टिनाको टिममा चोटका समस्या हुँदाहुँदै स्ट्राइकर लाउटारो मार्टिनेजको प्रदर्शन सन्तोषजनक नभएपछि डिबालाले खेल्न अवसर पाएका छैनन्।

त्यसैले फुटबलको गहनाका रूपमा चिनिने डिबालालाई अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले कहिले अवसर दिन्छ भन्ने पनि हेर्नलायक विषय बनेको छ।

प्रशिक्षक स्कोलानीले रणनीतिक निर्णयले मात्र डिबाला टिममा नपरेको अन्य कुनै विवाद नभएको बताएका छन्। २९ वर्षीय डिबालाले अर्जेन्टिनाका लागि ३४ खेल खेलेका छन्। यसैगरी उनले विश्वकपमा अहिलेसम्म १ मात्र खेल खेलेका छन्। सन् २०१८ मा क्रोएसियाविरुद्ध समूह चरणमा उनि स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेका थिए। सो खेलमा अर्जेन्टिना ३-० ले पराजित गरेको थियो।

डिबालाले शुक्रबार नेदरल्यान्ड्सविरुद्धको क्वाटरफाइनल खेल्न सक्ने सम्भावना रहेको छ। डी मारिया पोल्यान्डविरुद्धको खेलमा घाइते भएपछि अस्ट्रेलियाविरुद्धको खेलमा उनको स्थान लिएका पपु गोमेजलाई पनि गोलीगाँठोमा चोट लागेको थियो। अर्जेन्टिनाको सञ्चारमाध्यमले डी मारिया र गोमेज दुवैले अभ्यास गरेकाले डिबाला टिममा पर्नसक्ने उल्लेख गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×