जयरानीको दबादबा: जितिन् चार स्वर्ण

पोखरा - नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छिन्। उनले बिहीबार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन्।

पोखरा रंगशालामा महिला रिलेमा जयरानीसहित रमिता थारू, सरस्वती चौधरी र निर्मला थापासम्मलित आर्मीले ४९.६० सेकेन्डबाट स्वर्ण जितेको हो। आठौं राष्ट्रियमा पनि आर्मीले नै स्वर्णमा कब्जा जमाएको थियो।

जयरानीले यसअघि ३ स्वर्ण जितिसकेकी छिन्। २१ वर्षीया धाविकाले आफूले खेलेका सबै इभेन्टमा स्वर्ण जितेका हुन्। उनले ४०० मिटर हर्डल्स, १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितेकी जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण थिएकी थिइन्।

बिहीबार रिलेमा गण्डकी प्रदेशले ५२.७५ सेकेन्डबाट रजत जितेको हो। घरेलु टिममा मनीषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन र निशा घर्तीले प्रतिस्पर्धा गरेका थि। वाग्मतीलाई कांस्य दिलाउदा जुनी दुलाल, स्वागता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य टिममा थिए। वाग्मतीले ५२.७६ सेकेन्डबाट कास्य जितेको हो।

पुरुषतर्फ नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामीसम्मलित एपीएफले ४२.४४ सेकेन्डबाट स्वर्ण जितेको छ। एपीएफले यसपालि आर्मीलाई पछाडि पार्‍यो। आठौं राष्ट्रियमा आर्मीले स्वर्ण जितेको हो।

पोखरामा आर्मीका जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली भण्डारीको आर्मी टिमले ४२.६० सेकेन्डबाट रजतमा चित्त बुझायो। सिमोन पाण्डे, सुजल डॉगी, रोशन थारु र तुलसीराम थारुको लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डबाट कांस्य जित्यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×