स्वीस डिफेन्डर एकान्जी सिटीमा

काठमाडौँ - डिफेन्डर म्यानुएल एकान्जी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन्।

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीले एकान्जीलाई अनुबन्ध गरेको हो। एकान्जीले सिटीसँग ५ वर्षको लागि सम्झौता गरेका छन्। २७ वर्षीए एकान्जीलाई सिटीले सिजनको पाँचौं खेलाडीको रुपमा अनुबन्ध गरेको हो।

उनले डर्टमण्डका लागि लागि १५८ खेल खेलेका थिए। राष्ट्रिय टोलीका लागि भने उनले ४१ खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×