मताधिकारको सही प्रयोग गर्नुहोला: केकी अधिकारी

काठमाडौँ - अभिनेत्री केकी अधिकारी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अहिले अमेरिका पुगेकी छिन्। विवाह गरेको एक सातामै उनी अर्की अभिनेत्री रीमा विश्वकर्मासँगै न्युयोर्क उडेकी हुन्।

फेसबुकमा स्टाटस लेख्दै केकीले निर्वाचनको समयमा देशबाहिर हुनु र बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको उनले उल्लेख गरेकी छिन्। ‘तपाईंहरुले एक भोटको मूल्य पक्कै बुझ्नुभएको छ। निर्वाचनमा सहभागी भई मताधिकारको सही प्रयोग गर्नुहोला,’ उनी लेख्छिन्, ‘शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु।’

केकी मात्र होइन, चुनावको मुखमै विदेश उडेका अन्य कलाकार पनि मताधिकारबाट वञ्चित हुनेछन्। अभिनेता सलोन बस्नेत पनि ‘हनी बनी’ फिल्म छायांकनका लागि लण्डन पुगेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×