‘लाखे’मा जोडिए प्राशान्त ताम्राकार

काठमाडौँ। नेपाली चलचित्र ‘लाखे’मा अभिनेता प्राशान्त ताम्राकार पनि जोडिएका छन्। चलचित्रमा उनले मुख्य खलनायकको भूमिका निभाउने छन्। सम्राट बस्नेतको निर्देशनमा बनिरहेको चलचित्रको छायांकन धमाधम भइरहेको छ। राजधानीको बिभिन्न ठाउँमा छायांकन भइरहेको चलचित्रमा अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा आदि कलाकारहरुको अभिनय रहने छ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रका प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी रहेका छन्।  सिजन अर्यालको कथा रहेको चलचित्रका निर्माता पनि अर्याल नै रहेका छन्। हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन दुई युनिट बनाएर भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×