काठमाडौँ - ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ।
शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ। यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ। यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो। ट्युनिसियाको सो समुंद्री किनारा युरोप जाने आप्रबासीहरूले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो।
उनीहरू अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ।