भारत। बलिउड अभिनेता सलमान खानको आउँदो चलचित्र 'कभी ईद कभी दिवाली'मा अभिनेत्री राखी सावंत पनि देखिने भएकी छिन्। यसको निर्देशन फरहाद सम्जीले गरिरहेका छन्। त्यसैगरि यसलाई सलमानका साथी साजिद नडियाडवालाले प्रोड्यूस गरिरहेका छन्। यो चलचित्रमा सलमानको जोडीको रूपमा अभिनेत्री पूजा हेगडे देखिनेछिन्। चलचित्र २०२३मा ईदको मौकामा प्रदर्शनमा ल्याइनेछ।