काठमाडौँ - अमेरिकाको साउथ डकोटाका नगर प्रमुखले जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा गरेका छन्। हाल अमेरिका विभिन्न शहरहरुमा एकल प्रस्तुति सांगीतिक कार्यक्रममा सहभागी हुँदै गर्दा अमेरिकाको साउथ डकोटाका नगर प्रमुख पल टेनहेकेनले उक्त घोषणा गरेका हुन्।
सु-फल्स साउथ डकोटाका नगर प्रमुखले जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा गरेको प्रमाणपत्र हस्तान्तरण मुख्य उप निरीक्षकले मेलिना राईलाई गरेका थिए।
यो मेलिना राई पहिलो अमेरिका प्रस्तुति यात्रा २०२३ (फर्स्ट यूएस टुर २०२३ ) अन्तर्गत साउथ डकोटामा पहिलो प्रस्तुति रहेको थियो। यो कार्यक्रम केटिएमइ ईन्टरटेनमेन्टले आयोजना गरेको हो।
मेलिना राईको कार्यक्रमहरु अमेरिकाका विभिन्न राज्यहरुमा अझै १४ वटा प्रस्तुतिहरु रहेका छन्। अर्को प्रस्तुति जुलाई २८ मा न्यू ह्यामसरमा र त्यसपछि जुलाई २९ मा न्यूयोर्क प्रस्तुति रहने छ। यस्तै थुप्रै राज्यहरुमा कार्यक्रमहरु रहने छन्।
प्रस्तुति भइसकेका कार्यक्रममा अत्यधिक सफलता हासिल गरेको आयोजकका तर्फबाट रोकेश गुरुङले बताए।
रोकेश गुरुङ केटीएमई इन्टरटेनमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी (सीईओ) हुन्। उनीसँगै यात्रा व्यवस्थापक (टुरिङ म्यानेजर)का रूपमा यात्रा गरि रहेका छन् भने उनी गायक र उत्कृष्ठ गितार बजाउँछन्।