काठमाडौँ - लामो समयदेखि नृत्य विधामा सक्रिय निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशनमार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको बाला…’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन्।
भिडियोमा मेरी बास्सै, सक्किगो नि जस्ता हास्य श्रृंखलासहित विभिन्न म्युजिक भिडियोहरुमा अभिनयमार्फत ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेलगायत मोडेल बिना राउत, विकास नेपालीको रमाइलो अभिनय रहेको छ।
गायक भुवन थापा मगर र गायिका सीता पौडेलको स्वरमा सजिएको यो गीतमा डि बी खनालको शब्द तथा शंकर स्माईलीको संगीत रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ।
दिनेश पराजुलीद्वारा छायांकन गरिएको यो भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन्।