पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

सिन्धुपाल्चोक - पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ। मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो।

पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो। जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद रु ७५ हजार पुरस्कार पाएको छ। उपविजेता पाँचपोखरी टिमले रु ४० हजार पाएको छ। प्रतियोगितमा जिल्लाका सात टिम सहभागी थिए।

प्रतियोगितामा बेस्टबलर आर्यान धिताल, बेस्ट व्याटस्म्यान रेन्जिङ लामा, म्यान अफ दि सिरीज सार्थक धिताल चुनिए। नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष रोशनकुमार सिंह, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गरे।
 
कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले खेतको गह्राबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धिमूलक भएको बताए। गाउँपालिकाले विसं २०७४ देखि निरन्तररूपमा जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन संस्करण सम्पन्न गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×