एनएसएलमा आज बुटवल लुम्बिनी र झापाबीच खेल

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ।

बुटवल  लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ भने झापा पहिलो जितको खोजीमा छ।

सुरुवातका दुई खेलमा लगातार पराजित भएपछि बुटवल लिगका पछिल्ला तीन खेलमा अपराजित छ। उसले उत्कृष्ट फुटबल खेलिरहेका स्पोर्टिङ इलाम र काठमाडौं रेजर्सलाई हराएको थियो। 

झापाले लिगमा अहिलेसम्म जित हात पार्न सकेको छैन। झापा दुई खेलाडीको चोटका कारण पनि कुनै खेलमा सफलता प्राप्त गर्न सकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×