आठ मिनेटको अन्तरमा ह्याट्रिक गर्ने लास्जिओ

काठमाडौँ - फुटबल खेलमा ह्याट्रिक दुर्लभ मानिन्छ। पूरै ९० मिनेटको प्रतिस्पर्धामा मुस्किलले खेलाडीले ह्याट्रिक गर्छन्। चालू कतार विश्वकपमा प्रिक्वार्टरफाइनल खेलमा मात्र ह्याट्रिक दृश्य देखियो। पोर्चुगलका रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए। पोर्चुगलका युवा खेलाडी रामोसको चर्चा भइरहेको छ।

विश्वकप इतिहासमा ८ मिनेटको अन्तरमा ह्याट्रिक भएको रेकर्ड छ।

सन् १९८२ को विश्वकपमा हंगेरीका लास्जिओ किसले केवल ८ मिनेटको अन्तरमा एल साल्भाडोरको पोस्टमा ३ गोल गरेका थिए। एल साल्भाडोरविरुद्ध उनले दोस्रो हाफपछि ह्याट्रिक गरेका थिए। खेलको ६९औँ मिनेटमा लास्जिओले पहिलो गोल गरेका थिए। खेलको ७२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए। खेलको ७६औँ मिनेटमा उनले प्रतियोगितामै आफ्नो पहिलो ह्याट्रिक लगाएका थिए। विश्वकप इतिहासमा उनले गरेको ह्याट्रिक अहिलेसम्मकै छिटो हो। यो रेकर्ड तोडिएको छैन।

हंगेरी टोलीमा त्यति धेरै समय नबिताए पनि लास्जिओले राम्रो छाप छाड्न सफल भए। सन् १९७४ देखि ८४ सम्म हंगेरीको राष्ट्रिय टोलीमा आबद्ध लास्जिओले ३३ खेलमा ११ गोल गरेका थिए। सन् २०१० देखि २०१२ सम्म उनी हंगेरीको महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बने। फुटबल करिअरपछि उनले अधिकांश समय नै प्रशिक्षकका रूपमा बिताएका छन्। पछिल्लोपटक उनी सेग्लेडीका प्रशिक्षक बनेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×