आईपीएल र पीएसएल एकै समयमा पर्ने

काठमाडौँ - सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ।

पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो। तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ.

आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तराष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी आयोजना हुने तालिका रहेको छ।

च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको आईपीएलपछि अन्तराष्ट्रिय क्रिकेटको समय सुरु हुने हुँदा पीएसएल पनि आईपीएल आयोजनाको समयमा नै आयोजना हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×