काठमाडौँ। अभिनेत्री आँचल शर्मा र पति डा. उदिप श्रेष्ठको जोडी नेपाली सिने जगतको एक सुन्दर जोडी मानिन्छ। उनीहरु सामाजिक सञ्जालमा एक-अर्का प्रतिको माया देखाई रहन्छन्। हाल जोडीको एक तस्विर अहिले निकै चर्चामा रहेको छ। उक्त तस्विर उदिपले शनिवार सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोबाट निकालिएको हो। उनले आफ्नो इन्स्टा स्टोरीमा एक भिडियो राखेका थिए। जसमा उनले हातमा आँचलको नामको मेहन्दी लगाएको देख्न सकिन्छ। उक्त भिडियो आँचलले पनि शेयर गरेकी छिन् र लेखेकी छिन्, ‘यू आर सो सो क्यूट।’ वास्तविक जीवनको यो जोडीको यस्तो किसिमको माया देखेर धेरै प्रशंसकहरू निकै उत्साहित हुने गरेका छन्।