आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर मौसम सामान्यतया सफा  रहनेछ।

प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×