लक्ष्मीनारायण आरतीको प्रथम वार्षिकोत्सव मनाइयो

महोत्तरी - मटिहानी नगरपालिका–७ स्थित लक्ष्मीसागर तलाउमा लक्ष्मीनारायण आरतीको प्रथम वार्षिकोत्सव मनाइएको छ। त्रेतायुगमा रामसीताको विवाहमा यज्ञवेदि बनाइन माटो खनिएको पवित्रस्थल मानिने लक्ष्मीसागरमा बिहीबार साँझ लक्ष्मीनारायण आरतिको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न गरिएको हो। गत वर्ष ९२०७८० साउनको पहिलो बिहीबार नै लक्ष्मीसागरमा लक्ष्मीनारायण आरती प्रारम्भ गरिएको थियो।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुकभरिकै राजगुठी मठको नायक मानिन्छ। मठ परिसरमै हिन्दूहरूका आराध्यदेव भगवान् लक्ष्मीनारायणको मन्दिर छ। लक्ष्मीसागरमा गत वर्ष प्रारम्भ गरिएको आरती भगवान् लक्ष्मीनारायणप्रति समर्पित गरिएको हो।

राजकीय संस्कृत पाठशाला, याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ९विद्यापीठ०, लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिरमाझ अवस्थित लक्ष्मीसागरलाई मटिहानी नगरपालिकाले गत वर्ष मर्मतसम्भार, रङरोगन र घेराबेरा गरेपछि यसको महत्ता उजिल्याउने उद्देश्यले लक्ष्मीनारायण आरती प्रारम्भ गरेको हो। प्रत्येक बिहीबार साँझ आयोजन हुने आरतीमा मटिहानी नगरवासीको उत्साहपूर्ण सहभागिता हुँदै आएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले जानकारी दिए।

लक्ष्मीनारायण महाआरती प्रारम्भ भएयता लक्ष्मीसागरको नियमित सरसफाइ र सम्भारमा आम चासो बढेको छ। प्रथम वार्षिकोत्सव समारोहमा महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतका साधुसन्त सहभागी हुनुहुन्थ्यो। लक्ष्मीसागर नेपाल–भारत सीमा दशगजाबाट मात्र २०० मिटर उत्तर अवस्थित छ। यस सागरको गत वर्ष मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी थिइन्।

मटिहानीको महत्ता र यसको धार्मिक परिचय उजागर गर्नसके यो ठाउँ धार्मिक नगरीका रूपमा विकास गर्ने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्। नगरपालिकाले यसै अभिप्रायसाथ यहाँका मठमन्दिर, पाठशाला, तलाउ र अन्य प्राचीन सम्पदाको संरक्षण र विकासलाई उच्च महत्व दिएको मण्डलको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×