काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
यसैबीच, राष्ट्रियसभाको बैठक मध्याह्न १२ : १५ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ ।